No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राप्रपाको चुनावी सभालाई सम्बोधन गर्न लिङ्देन र लोहनी शुक्रबार नुवाकोट जाने

0

काठमाडौं । स्थानीय चुनाव प्रचार प्रसारको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी शुक्रबार नुवाकोट जाने कार्यक्रम रहेको छ ।

राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार राप्रपाको लिखु र ककनी गाउँपालिकास्तरीय समितिले लिखु–१ ढिकुरे बजारमा र ककनीको रानीपौवा बजारमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न उनी नुवाकोट आउन लागेका हुन् । उक्त सभालाई राप्रपाका अन्य केन्द्रीय नेताहरुले पनि सम्वोधन गर्नेछन् ।

राप्रपाले लिखुको अध्यक्ष पदमा केन्द्रीय सहायक महामन्त्री दिपककुमार राईको नेतृवमा र ककनीमा क्षेत्रीय अध्यक्ष तेज लामाको नेतृत्वमा उमेदवारी दर्ता गराएको छ । नुवाकोटको लिखु गाउँपालिका,ककनी गाउपालीका बिगतदेखि नै राप्रपाको मुख्य गढ मानिँदै आएको छ । राप्रपाले आयोजना गरेको आमसभालाई जिल्ला भरि नै अन्य राजनीतिक दलहरुले निकै चासोका साथ हेरेका छन् । हजारौंको संख्यामा उपस्थित रहने आमसभाबाट राप्रपाले जिल्लाभरि नै सन्देश दिने छ।

 

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार १९:०९

Leave a Reply