No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिन सक्ने

0

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेहरुका लागि आज साँझ ५ बजेसम्मको समय दिएको छ । उम्मेदवारको नामावाली फिर्ताको समय सकिए लगत्तै आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ । आज नामावली प्रकाशन भएपछि शनिबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।

चुनाव चिह्न प्रदान गरिसकेपछि वैशाख २७ गतेसम्म उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने छन् । वैशाख २७ राति १२ बजेपछि मौन अवधि सुरु हुने हुनेछ। स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार ०३:०८

Leave a Reply