No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बागीले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेसको चेतावनी

0

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने चेतावनी दिएका हुन् ।

कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध वागी उम्मेदवारी दिएको भए आज १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । चितवनको भरतपुर, डडेल्धुरालगायतका जिल्लामा कांग्रेसका नेताहरुले बागी उम्मेदवारी दिएका छन् ।

 

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार ०४:१०

Leave a Reply