No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हुम्लामा म्यादी प्रहरीको मृत्यु

0

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत भेटिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार ०४:३८

Leave a Reply