No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ट्राफिक प्रहरीद्वारा धनुषामा नौ महिनामा एक करोड ४६ लाख राजस्व सङ्कलन

0

धनुषा । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा एक करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने १७ हजार ५५० सवारी साधनमाथि कारबाही गरी एक करोड ४६ लाख ७४ हजार राजस्व सङ्कलन गरेको हो ।

पूर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।

यस्तै चालु आर्थिक वर्ष ०७८/०७९ को नौ महिनामा धनुषाको विभिन्न सडक खण्डमा भएको एक हजार ५५सवारी दुर्घटनामा परी ८० जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ । बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढे्को प्रहरी निरीक्षक यादवको भनाइ छ ।

प्रकाशित: १७ बैशाख २०७९, शनिबार ०४:५७

Leave a Reply