No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पोखरामा एमालेको फेरि मोनोरेल र मेट्रोरेलको सपना

0

पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले घोषणपत्र सार्वजनिक गरेको छ । शनिबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मेयरका प्रत्यासी कृष्णबहादुर थापा र उपमेयरकी प्रत्यासी मञ्जुदेवी गुरूङलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
घोषणापत्रमा मोनोरेल र मेट्रोरेलको विषय उल्लेख गरिएको छ ।

यसअघिको चुनावमा समेत एमालेको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समावेश गरिएको थियो । शनिबार सार्वजनिक घोषणापत्रमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने उल्लेख छ । फ्लाई ओभर, सुरुङ, ओभरहेड ब्रिज निर्माणलगायत योजना पनि अघिल्लो घोषणापत्रकै दोहोरिएका छन् ।

पोखरा विकास प्राधिकरणमार्फत पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको प्रमुख केन्द्रका रूपमा विकास गर्ने योजनालाई समावेश गरिएको छ । पुरानै घोषणापत्रमा समेत प्राधिकरणको अवधारणा समावेश भए काम भने सुरु भएको छैन ।

 

प्रकाशित: १७ बैशाख २०७९, शनिबार १२:३४

Leave a Reply