No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

झापाका दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित

0

झापा । झापाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नेकपा (एमाले)बाट उम्मेदवार बनेकी मेचीनगर नगरपालिका–११ का रञ्जिता नेपाली रहेकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी नेपाली कांग्रेसबाट कचनकवल गाउँपालिका–४ की दलित महिला वडा सदस्य विजली दास निर्विरोध निर्वाचित भएकी छन् । उनीहरु दुवै जनाका प्रत्यासी उम्मेदवार नभएका कारण निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिए ।

दलित महिला सदस्य निर्विरोध

तनहुँको देवघाट गाउँपालिकास्थित एक वडामा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन् ।

उक्त वडाको दलित महिला सदस्यमा मनमाया विकको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए । उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएकी थिइन् । एकल उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको थापाले बताए ।

प्रकाशित: १७ बैशाख २०७९, शनिबार १५:१८

Leave a Reply