No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने

0

काठमाडौँ । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई दक्षित गर्दै देशका विभिन्न स्थानमा आमसभा गर्ने जनाएको छ । कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने भएको हो ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।

आमसभा हुने स्थान र मिति

मोरङ — २०७९ वैशाख २१ गते
धनुषा — २०७९ वैशाख २२ गते
काठमाडौं — २०७९ वैशाख २३ गते
कास्की — २०७९ वैशाख २४ गते
रुपन्देही — २०७९ वैशाख २५ गते
सुर्खेत — २०७९ वैशाख २६ गते
कैलाली — २०७९ वैशाख २७ गते

 

 

प्रकाशित: १७ बैशाख २०७९, शनिबार १५:४६

Leave a Reply