No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मारिऊपोलको स्टील उद्योगबाट २० जनाको उद्दार

0

रुस र युक्रेनले युद्धविरामको समयमा करिब २० जना सर्वसाधारणलाई घेराबन्दीमा रहेको मारिऊपोलस्थित एजोभस्टाल उद्योग परिसरबाट उद्धार गरिएको जनाएका छन् ।

युक्रेनको एजोभ बटालियनका प्रमुखले आफूले थप मानिसहरू उद्धार गर्न सकिने अपेक्षा गरेको बताएका छन् । अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि त्यो परिसर छाड्ने उक्त समूह पहिलो हो । त्यहाँ फसिरहेका करिब एक हजार सर्वसाधारणहरूलाई मुक्त गर्ने विषयमा वार्ता चलिरहेका छन् ।

रुसले चाहिँ पूर्वतर्फको सैनिक कारबाहीलाई तीव्रता दिन खोजेको छ । एक हप्ताअघि मारिऊपोल कब्जा भएको बताउँदै राष्ट्रपति पुटिनले आफ्ना फौजलाई यो औद्योगिक क्षेत्रलाई बन्द गरी कसैलाई बाहिर निस्कन नदिन निर्देशन दिएका थिए । तर रुसी सञ्चारमाध्यमहरूले जनाए अनुसार एजोभस्टाल उद्योग क्षेत्रबाट २५ जना गैरसैनिकहरू बाहिरिन सफल भएका छन् ।

त्यसमा १४ वर्षभन्दा मुनिका छ जना बालबालिका छन्। तिनीहरूलाई कहाँ लगियो भन्नेबारे केही बताइएको छैन । स्टील कारखानामा रहेका सैनिकहरूले पनि त्यसलाई पुष्टि गरेका छन् तर उनीहरूले त्यो समूहमा महिला र बालबालिका गरी २० जना रहेको जनाएका छन् ।

एजोभ रेजिमेन्टका उपकमान्डर स्भिआटोस्लाभ पालामारका अनुसार उनीहरूलाई ’युक्रेनी नियन्त्रणमा रहेको भूभाग जापोरिजामा उद्धार गरेर पुर्याइने छ । उनले बिहान ६ बजेबाट नै मानिसहरूले उद्धार कुरिरहेका भएपनि त्यो सहयोग १२ घण्टापछि मात्रै आएको बताए।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार ०४:५५

Leave a Reply