No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जिम्बाब्वे ‘ए’सँग नेपाल ६ विकेटले पराजित

0

काठमाडौं । कप्तान टोनी मुनयोङगा र टाडीवान्सी मरुमानीले अर्धशतक बनाएपछि जिम्बाब्वेले आइतबार पहिलो ट्वान्टी–२० क्रिकेटमा नेपाललाई ६ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइ्एको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो । १८२ रनको लक्ष्य जिम्बाब्वेले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । जिम्बाब्वेका मरुमानीले ४१ बलमा तीन चौका र तीन छक्कासहित ५६ रन बनाए । मुनयोङगाले २३ बलमा सात छक्कासहित ५० रनको योगदान गरे ।

इनोसेन्ट काइयाले ४७ रन जोडे । कुड्जाई मौन्जे आठ र रोय केइया ६ रनमा अविजित रहे । नेपालका बासिर अहमदले दुई विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

त्यसअघि, नेपालका लागि ओपनर कुशल भुर्तेलले ३१ बलमा आठ चौकासहित ४६ रन बनाएका थिए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि २७ रनको साझेदारी गरे । कुशलले दोस्रो विकेटका लागि रोहितकुमार पौडेलसँग ५७ रनको साझेदारी गरेका थिए । आसिफले नौ रन बनाए भने रोहितकुमारले ३६ रन जोडे ।

रोहितकुमार र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे । दीपेन्द्रसिंह २८ रन जोडेपछि रनआउट भएका थिए । लगत्तै आरिफ शेख दुई रन बनाएर पभेलियन फर्किए । आदिलले २७ बलमा चार चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । करण केसी नौ रनमा अविजित रहे । जिम्बाब्वेका ब्राड इभान्स, ब्रेन्डन माभुता, जोन मासारा र लुक जोङवेले एक÷एक विकेट लिए ।

 

प्रकाशित: १८ बैशाख २०७९, आईतवार ११:४०

Leave a Reply