No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कार्यकर्तालाई ओलीको निर्देशनः गठबन्धनलाई निर्वाचनमा पछारेर मात्र निदाउनु

0

हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार परमादेशको सरकार भएको टिप्पणी गर्दै जनादेशबाट ढाल्ने बताएका छन् । आइतबार हेटौंडामा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार परामेदशबाट निर्माण भएकाले यसलार्य जनादेशबाट ढाल्ने बताएका हुन् ।

उनले भने, ‘हामी परामदेशको जवाफ जनादेशबाट दिन्छौं । हामी जनमतबाटै तीन तहको सरकार बनाउँछौं ।’, उनले देशभर एमालेमा देखिएको उत्साहका कारण सत्तागठबन्धन आतंकित भएको टिप्पणी गरे । उलने भने,‘स्थानीय तहको निर्वाचन नजिकिरहँदा हाम्रा कार्यकर्तामा उत्साह भरिएको छ । हामीलाई सिध्याउन निर्माण भएको गठबन्धन त्रसित अवस्थामा पुगेको छ ।’

कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणा पत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको उनले बताए । उनले भने, ‘कांग्रेसको देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो । कांग्रेसको घोषणापत्रमा कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र छ । मेरो नाम ४२ ठाउँमा छ । १०८ ठाउँमा हुनुपर्ने थियो ।’

उनले कार्यकर्तालाई वैशाख ३० गतेको निर्वाचनमा सत्ता गठबन्धनलाई पछारेर मात्र निदाउन आग्रह गरेका छन् । अहिलेको लडाईं नेकपा एमाले र गठबन्धनबीच मात्र भएको उनले टिप्पणी गरे । ‘अहिले देशमा जे जति दल दर्ता भएपनि एमाले र गठबन्धनबीचको मात्र लडाईं हो । यो लडाईं नेपाल जोगिने कि नजोगिने भन्ने पनि हो ।’ उनले सरकारमा बसेकाहरुले चुनाव खर्चको लागि औषधि किनेरसमेत कमिशन निकाल्ने काम गरेको आरोप लगाए ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार १३:५८

Leave a Reply