No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यहीँबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ

0

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी सम्झौता राजपत्रमा प्रकाशित भएकोमा आपत्ति जनाएका छन् । सोमबार सामाजिक संजालमार्फत रावलले अरू देशसँग गरिएका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् कि छैनन् भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्,‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ? छैन । यहीँबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ । अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं । अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्।’ गतसाता सरकारको एमसीसी सम्झौता राजपत्रमा प्रकाशित गरेको थियो ।

 

प्रकाशित: १९ बैशाख २०७९, सोमबार ०८:०५

Leave a Reply