No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

४९ अङ्कले घट्यो नेप्से

0

काठमाडौं । शेयर बजार परिसूचक नेप्से झन्डै ४९ अङ्कले घटेको छ । सोमबार नेप्से ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय सात दशमलव ४४ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।

बीमा, विकास बैंक, उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले घटेको छ । शेयर बजार घटेको दिन दुई सय २८ कम्पनीका ३९ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ४७ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज नेपाल फाइनान्स लिमिटेडको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित: १९ बैशाख २०७९, सोमबार ०९:५८

Leave a Reply