No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मानव सेवा आश्रममा भोजन खुवाएर उपन्यासकार आचार्यले मनाइन् जन्मदिन

0

बुटवल । ‘यो संसारको सबै भन्दा ठूलो भाइरस मानिस नै हुनेवाला छ । पुतली उज्यालोको मोहमा फसेर मरे जस्तै, मानिस पनि पैसाको अधिक प्रेममा परेर निकै तल खस्न र त्यतै बस्न के बेर ? ढिलो चाँडो यो हुनेछ अनि मानिस प्रगतिको शिखर छुनेछ तर नर्कको पनि बासी हुनेछ ।’ एक अंश ‘मलिलो माटो’ नवोदित उपन्यासकार लेखक सपना आचार्यले आफ्नो पहिलो उपन्यास मलिलो माटोको बिक्री भएको पैसाबाट आज बुटवलको मानव सेवा आश्रममा आश्रय लिएका ७० जना महिला तथा बाल बालिकालाई भोजन गराएर आफ्नो जन्म दिन मनाएकी छन् ।

उनी भन्छिन्,‘जन्मदिन मनाउन होटल र रेस्टुरेन्टमा दशौं हजार खर्च गर्नुभन्दा असहाय र दीनदुःखीसँग मनाउन पाउँदा समाजमा एक सकारात्मक संदेश जाने र युवा पुस्तालाई पनि गरिब दीनदुःखीलाई सेवा गर्न उत्प्रेरणा मिल्ने छ ।’

सो अवसरमा मानव सेवा आश्रम बुटवलकी प्रबन्धक सरु अधिकारीलेले उनलाई खादा र प्रमाणपत्र दिएर सम्मान गर्दै उनी जस्तो एक महिला अनि युवाले हाम्रो आश्रममा आश्रय लिएर बसेका १० जना बालबालिका र ६० जना बृद्धबृद्धा, सुस्त मनस्थिति भएका महिलाहरु बिहानको खानासहित मिठाइ वितरण गरी जन्मदिन मनाएकोमा उनको कृतिले सफलताको उचाई प्राप्त गरोस् भन्ने शुभकामना दिएकी छन् ।

उनले आगामी दिनमा उनले समातेको प्रेरणादायी मार्ग अरुले पनि अनुसरण गरुन् भन्दै जन्मदिनको शुभकामना दिइन् । मलिलो माटो एक नारी प्रधान उपन्यास रहेको र चैत्र महिनामा उत्कृष्ट ८ औं स्थानमा रहेको छ ।

प्रकाशित: १९ बैशाख २०७९, सोमबार ११:४४

Leave a Reply