No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इराकमा धुलोका कारण आकाश रङ्गीन देखिँदा हवाई उडान स्थगित

0

इराकका धेरै ठाउँमा धुलोसहितको आँधी आउँदा आकाश सुन्तला रङ्गको देखिएको छ । धुलोका कारण नजिकैको दूरीसम्म पनि राम्ररी नदेखिने भएपछि बग्दाद र नाजाफस्थित विमानस्थलबाट हुने उडानहरू बन्द भए । जनजीवन पनि प्रभावित भएको छ । सोमबारसम्म अवस्था उस्तै हुने पूर्वानुमान मौसवविद्हरूको छ । मध्यपूर्वमा धुलोको आँधी आउने क्रम बढ्न थालेको छ।

विज्ञहरूले जलवायु परिवर्तन तथा भूमि र जलको अव्यवस्थापनलाई त्यसको कारक मानेका छन् । शनिबार इराकका केही स्थानमा भिजिबिलिटी अर्थात् दृश्यात्मकता ५०० मिटरभन्दा कम थियो । गत महिना पनि इराकमा धुलोको आँधीका कारण मानिसहरू बिरामी परेका थिए । दर्जनौँ मानिसलाई श्वासप्रश्वासम्बन्धी समस्याको उपचार गर्न अस्पताल भर्ना गर्नुपरेको थियो ।

सुक्खा, बढ्दो मरुभूमीकरण र कम वर्षाका कारण इराकमा धुलोयुक्त आँधी आउने क्रम बढ्न सक्ने देशको मौसम कार्यालयले समाचारसंस्था एएफपीलाई यसअघि बताएको थियो । सहरी भेगमा हरित क्षेत्र नहुँदा पनि त्यस्तो समस्या बढ्छ । सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम (यूनेप) ले सन् २०२६ सम्ममा प्रत्येक वर्ष ३०० वटा त्यस्ता आँधी आउन सक्ने पूर्वानुमान गरेको थियो।

 

प्रकाशित: २० बैशाख २०७९, मंगलवार ०३:३५

Leave a Reply