No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपकुलपति कोइरालाद्वारा हिमालयन ह्वाइटहाउस कलेजको नवनिर्मित भवन उद्घाटन

0

काठमाडौं । हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजको नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरिएको छ । सोमबार एक समारोहका बीच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले पुतलीसडकस्थित कलेज भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा उपकुलपति कोइरालाले हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज राष्ट्रकै एक उत्कृष्ट कलेज रहेकाले यसमा पढ्न पाउनु विद्यार्थीका लागि सुवर्ण अवसर रहेको बताए ।

आफू उक्त कलेजका बारेमा धेरै अगाडिबाटै जानकार रहेको र कलेजको शिक्षा क्षेत्रमा ठूलो योगदान रहेको बताउँदै आफ्नै भवन निर्माण पश्चात शैक्षिक गुणस्तर अभिवृद्धि र कलेजको स्थायित्वमा थप बल पुग्ने विश्वास समेत व्यक्त गरे । कलेजमा रहेको अहिलेको टिम भरोसायोग्य भएकाले कलेजले विगत २२ वर्षमा हासिल गरेको विरासतलाई कायम राख्दै थप उचाइ र उत्कृष्टता हासिल गर्ने भन्दै कलेजको उत्तरउत्तर प्रगतिको कामना व्यक्त गरे ।

पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार निलमणि पोखरेलले हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजले सुरुका दिनमा पूर्वाञ्चल विश्वविद्यालयलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चिनाउने काम गरेको र विद्यार्थीहरुको पहिलो रोजाइको कलेज रहेको बताए । परीक्षा नियन्त्रक प्रा.मोहनबहादुर बस्नेतले पूर्वाञ्चल विश्वविद्यालयले समयानुकुल परीक्षा प्रणालीमा सुधार गर्दै आइरहेको र अझै यसलाई परिष्कृत गर्दैै जाने भन्दै कलेजको उत्तरोत्तर प्रगतिको कामना गरे ।

कार्यक्रमलाई त्रिभूवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुलचोक क्याम्पसका प्रा.डा. विनोद पराजुली र पूर्वाञ्चल विश्वविद्यालय शिक्षक संघका सभापति डा.सन्देश दास श्रेष्ठले पनि सम्वोधन गरेका थिए । समारोहको अध्यक्षता कलेजका प्रिन्सिपल प्रा. तोयानारायण पौडेलले गरेका थिए भने कार्यक्रम सञ्चालन कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण आचार्यले गरेका थिए ।

कलेजका भाइस प्रिन्सिपल डा. अजय खड्काले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमा कलेजका अध्यक्ष ई.लक्ष्मण पोखरेलको पनि उपस्थिति थियो । कार्यक्रममा कलेजका प्राध्यापक, शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरुको समेत सहभागिता थियो ।

प्रकाशित: २० बैशाख २०७९, मंगलवार ०८:२३

Leave a Reply