No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

केशव स्थापित स्पष्टीकरणको हैरानीमा

0

काठमाडौं । नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले बताए ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित अन्तरक्रियामा उनले आफू महिलामैत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने तर्क गरे । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको जिकिर थियो । स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए ।

आफू मेयर हुँदा पुरुष कर्मचारीहरुले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाएपनि महिला कर्मचारीहरुले त्यसो नगरेकाले उनीहरुमाथि आफूले सधैं सम्मान गर्ने गरेको उनले बताए । स्थापितले आफूले महिलाहरुको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भइरहन जरुरी नभएको बताए ।

उनले भने, ‘मैले दिने त फल हो नि । मैले गाली त दिन्न । म हिंसाको विरोधी । महिलाहरुको सम्मान गर्ने, महिलाहरुलाई आदर गर्ने र महिलाहरुसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु । यो मेरो निजी अनुभव । हाम्रो केही कर्मचारीहरुसँग काम गरेँ । माडसाव भन्थ्यो । जनताको काम गर्न माडसावलाई रेष्टुरेन्टमा भेटनुपर्ने । तर मेरो महिला साथीहरुले त्यसो गरेनन् । स्वाभिमानले नदिने रैछ क्या । म महिला हुँ भन्ने दम्भ हो नि । त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ । अब यही कारणले मैले आरोपित हुन जरुरी छैन । मैले एउटा ह्याण्डनोट ल्याएको छु–तपाईहरुले हेर्नू । मैले धेरै मोर्चाबाट भने–मैले केही सत्य कुराहरु गर्दा मान्छेलाई आघात हुन्छ है । उहाँ म मेयर हुँदा एक जना साथी लिएर आउनु भयो । मलाई सम्पदा विभागमा त्यो मान्छेले सघाउँछ भन्यो । मैले हुन्छ भने । मेरो एक्सपर्टले ल्याएको होइन । एसिस्टेन्ट भयो । मेरो प्लानिङ डिभिजनमा मैले कहिलेकाँही देख्थें । मैले उहाँसँग कहिल्यै संगत गर्नु परेन । उहाँ सम्पदा विभाग भित्र काम गथ्र्यौं । मैले त्यो समयमा उहाँसँग अनुचित सम्बन्धको प्रयत्न गरेको भए अस्थायी करारलाई एक मिनेटमा निकाल्थे होला नि ।’

स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताए ।

प्रकाशित: २० बैशाख २०७९, मंगलवार ०९:४७

Leave a Reply