No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एउटा सपना छ’को लेजेन्डरी भर्सनमा मदनकृष्णकी नातिनी आँचल

0

काठमाडौं । गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन सार्वजनिक गरेका छन् । यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ ।

क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मनदकृष्ण श्रेष्ठको स्वर छ । गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका छन् । जहाँ, आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन् । बिरामीका कारण सबै कुरा विर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा यो गीतको भिडियो तयार पारिएको छ ।

सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाईंको छायाँकन र सम्पादन छ । हरिको क्रियटिभ हेट्सले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो नै उपहार दिएको हो ।

कार्यक्रममा भिडियो हेरेर नायिका आँचल शर्मा रोएकी थिइन् । मदनकृष्णले पनि आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेको भन्दै यो गीत आफ्ना लागि सधै नै विशेष रहने बताए ।

प्रकाशित: २० बैशाख २०७९, मंगलवार ११:४२

Leave a Reply