No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्यायाधीश नियुक्तिमा योग्य र क्षमतावान व्यक्तिलाई प्राथमिकताः कामु प्रधानन्यायाधीश कार्की

0

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायाधीश नियुक्तिमा योग्य र क्षमतावान व्यक्तिलाई प्राथमिकता दिने बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग बुधबार भएको भेटमा कार्कीले अब नियुक्तिमा नातावाद क्रिपावाद नचल्ने प्रतिबद्धता जनाएको कार्यसमिति सदस्य अनन्तराज लुइँटेलले जानकारी दिएका छन् ।

उनले गोलाप्रथा प्रणालीले न्याय सेवा प्रभाव निष्पक्ष र प्रभावकारी भएको भन्दै स्वचालित प्रणालीमा लैजान गृहकार्य भइरहेको बताए । वरिष्ठ अधिवक्ताको उपाधिका लागि सिफारिस समितिले १३२ जनाको नाम सिफारिस गरेको भन्दै कार्कीले जेठ ६ गते फूल कोर्ट बसेर निर्णय गरिने जानकारी गराएका थिए ।

सर्वोच्च बार एसोसिएसनका कार्यसमिति सदस्य लुइँटेलले न्यायापालिका सुधारका विषयमा कामु प्रधानन्यायाधीशसँग कुरा भएको बताए। कार्कीले गोलाप्रथामा बारका प्रतिनिधिलाई सहभागी गराउन र बारकै रहोवरमा गोला तान्न सकिने बताएका थिए । भेटमा जिल्ला अदालतको न्यायाधीशमा जान नमानेका सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरको विषयमा पनि कुराकानी भएको थियो। यो विषयमा विवाद बढाउन नहुने कामु प्रधानन्यायाधीश कार्कीको भनाइ थियो।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार ०७:३३

Leave a Reply