No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अतिरञ्जनाको पछि नलागौँ, नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा छैनः स्वर्णिम वाग्ले

0

काठमाडौं । अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा नरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनले बुधवार गरेको कार्यक्रममा वाग्लेले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टिँदैछ भनेर अतिरञ्जना फैलाउन खोजिएको तर हल्ला गरेजस्तो यथार्थ नरहेको बताएका हुन् ।

श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट शासकीय अहङ्कार र उन्मादका कारण सृजना भएको भन्दै वाग्लेले चुनाव जित्ने र जितिसकेपछि लोकप्रियताका लागि अध्ययनविना नै कर छुट, प्रतिफलको मूल्याङ्कन नै नगरि विदेशी ऋण लिएर पूर्वाधार निर्माणलगायतका गलत नीतिका कारण देश नै टाट पल्टिने अवस्थामा पुगेको बताए ।

नेपालले भने तिर्न नसक्ने गरी ऋण नलिएको र पुर्न नसक्ने गरी शोधनान्तर घाटाको अवस्थामा पनि नरहेकाले आत्तिनुनपर्ने तर अहिलेदेखि नै गलत दिशामा गइरहेका सूचकलाई सही बाटोमा ल्याउनुपर्ने उनले बताए ।

श्रीलङ्कामा जस्तै नेपालमा पनि अध्ययन नगरि आर्थिक नीति बनाउने, देश हाक्नेहरूलाई सल्लाहकारले सही सूचना नदिने, ठूला भ्रष्टाचारलगायतका केही विषय मिल्ने भएकाले सचेत हुनैपर्ने वाग्लेको भनाइ छ । सामाजिक सुरक्षा भत्ता, अनुदान, राहत लगायतमार्फत राज्यको पैसा हचुवाका भरमा वितरण भइरहेको भन्दै उहाँले पर्याप्त अध्ययन गरेर मात्रै सरकारले पैसा खर्च गर्नुपर्ने उनले बताए ।

 

प्रकाशित: २१ बैशाख २०७९, बुधबार १०:३८

Leave a Reply