No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रेनु जिताउँछौं तर कांग्रेसलाई धोका नहोस्ः कांग्रेस नेता श्रेष्ठ

0

काठमाडौं । नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जितनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विगतमा जस्तै कांग्रेसलाई धोका नदिन आग्रह गरेका छन् ।

बिहीबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षअघि गठबन्धन गरेर माओवादी नेत्री रेणु दाहाललाई जिताए पनि बाँकी प्रतिबद्धता तीन महिनामै भत्किएकाले यसपटक त्यस्तो नगर्न आग्रह गरेका हुन् ।

उनले आफ्नो पार्टीको सोझो सभापतिलाई ढाँट्ने काम नगर्न पनि आग्रह गरे । उनले भने,‘हाम्रो पार्टीको सोझो सभापति जे बोल्नुहुन्छ त्यही गर्नुहुन्छ । भोलिको दिनमा हिजोजस्तो ढाँट्ने, धोका दिने काम नहोस्।’ श्रेष्ठले कांग्रेसले रेणु दाहाललगायत सिंगो गठबन्धनले जित्ने भन्दै उमेदवारी फिर्ता लिन जगन्नाथ पौडेललाई आग्रह गरे ।

प्रकाशित: २२ बैशाख २०७९, बिहीबार ०९:११

Leave a Reply