No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइनः वरिष्ठ नेता पौडेल

0

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी नेकपा (एमाले) भएको बताएका छन् । बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) कांग्रेसको प्रतिस्पर्धी नभएको बताए ।

“माओवादी केन्द्रसँग सहकार्य गर्नु पार्टीको आवश्यकता छ”, उनले भने, “पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिला मैले गठबन्धनको प्रस्ताव गरेको हुँ ।” वरिष्ठ नेता पौडेलले एमालेसहितका दलका गठबन्धन प्रतिक्रियावादी भएको आरोप लगाउँदै आफूहरूको गठबन्धनलाई प्रगतिशील भएको बताए । “संविधानले नै गठबन्धनबाट सरकार बनाउन सक्ने गरी व्यवस्था गरेको छ”, उनले भने, “अरुसँग गठबन्धन गर्नुभन्दा माओवादीसहितका दलहरूसँग गठबन्धन गर्नु उपयुक्त हुन्छ ।”

वरिष्ठ नेता पौडेलले गठबन्धनका कारण सङ्घीय र प्रदेशमा सरकार बनेको भन्दै स्थानीय तहमा पनि गठबन्धनले जित्नुपर्नेमा जोड दिए । उनले संसदीय निर्वाचनसम्म पनि गठबन्धन हुने दाबी पनि गरे । गठबन्धनको माध्यमबाट बिपीको सपना साकार हुने बताउँदै उनले भरतपुर महानगरलाई काँचुली फेर्ने गरी विकास गर्न गठबन्धन आवश्यक भएको उल्लेख गरे ।

प्रकाशित: २२ बैशाख २०७९, बिहीबार ११:००

Leave a Reply