No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तान्जानियामा नौ महिनामा सवारी दुर्घटनामा एक हजार भन्दाबढीको मृत्यु

0

तान्जानियामा जुलाई २०२१ देखि मार्च २०२२ सम्म भएका एक हजार ५९४ सवारी दुर्घटनामा कम्तीमा एक हजार १९१ जनाको मृत्यु भएको छ । सोही अवधिमा सडक दुर्घटनामा २ हजार १३९ जना घाइते भएका गृहमन्त्री हमाद युसुफ मसौनीले जानकारी दिए । जुलाई २०२० देखि मार्च २०२१ सम्म १,२२८ सडकबाट ९९९ जनाको मृत्यु भएको थियो ।

जुलाई २०२० र मार्च २०२१ को बीचमा, १,२२८ सडक दुर्घटनाहरूमा ९९९ व्यक्तिको मृत्यु भएको थियो जसमा १,५८९ जना घाइते भएका थिए । मन्त्री मसौनीले राजधानी डोडोमाको सदनलाई २०२२/२०२३ आर्थिक वर्षको लागि आफ्नो मन्त्रालयको बजेट प्रस्तावहरू प्रस्तुत गर्दा सो कुरा उल्लेख गरेका हुन् ।

‘यस तथ्याङ्कले ३६६ सडक दुर्घटनामा वृद्धि भएको देखाएको छ जुन २९ दशमलव ८ प्रतिशतले बढेको छ,’ मन्त्रीले भने । उनका अनुसार अधिकांश दुर्घटना लापरबाही, खराब सवारी साधन र खराब सडकका कारण हुने गरेको छ । मसौनीले सडक दुर्घटनामा संलग्न रहेको भन्दै कारबाहीस्वरुप प्रहरीले ८७ चालकको सवारी चालक अनुमतिपत्र खारेज गरेको र १४१ चालकको विभिन्न अवधिको सवारी चालक अनुमतिपत्र निलम्बन गरेको पनि बताएका छन् ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार ०८:२५

Leave a Reply