No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रिय भलिबलमा एपिएफको जीत

0

काठमाडौं । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता न्यु डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले न्यू डाइमण्डलाई ३–० को सेटमा पराजित गरेको हो । एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१० र २५–९ को सेटमा पराजित गर्यो ।

जारी प्रतियोगितामा न्यु डायमण्डको यो लगातार चौथो हार हो । यस हारसँगै न्यु डायमण्डले ४ खेल १ अङ्क जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । यता एपिएफको भने यो तेस्रो जीत हो । एपिएफको ९ अङ्क रहेको छ ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्बल सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले छ लाख तथा उपविजेताले तीन लाख पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले एक लाख ५० हजार र चौथो हुनेले ७५ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार ०८:३५

Leave a Reply