No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मोहम्मद अफताव आलमलाई धरौटीमा रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

0

काठमाडौं । रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्म अफताव आलमलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश शुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत रौतहट र उच्च अदालत जनकपुरको आदेश सदर गर्दै आलमको माग अस्वीकार गरेको हो । सामूहिक नरसंहारको मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालत र उच्च अदालतको आदेशविरुद्ध आलमले सर्वोच्चमा निवेदन दिएका थिए ।

आलमको निवेदन लामो समयदेखि सर्वोच्चमा विचाराधीन रहेको थियो। सर्वोच्चले आलमको निवेदनमा दाबी गरिएअनुसार धरौटी तथा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गराउनुपर्ने माग अस्वीकार गरेपछि अब उनी मुद्दाको टुंगो नलागेसम्म जेलमै बस्नुपर्ने भएको छ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार १०:१५

Leave a Reply