No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती छैनः प्रधानमन्त्री

0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनले यो गठबन्धन आवश्यक रहेको भनेर सर्वसम्मतिले पारित गरेको बताएका छन् ।

सत्ता गठबन्धनद्वारा शुक्रबार काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले महाधिवेशनमा गठबन्धन हुनुपर्ने विषयमा कसैले विरोध नगरेको र सो विषयलाई दुई तिहाइले पारित गरेको बताएका हुन् । उनले भने, ‘पार्टीमा महाधिवेशनभन्दा ठूलो कुरा अरु केही पनि हुँदैन। गठबन्धन महाधिवेशनले दिएको म्यान्डेट हो। त्यसपछि ठूलो भनेको केन्द्रीय समिति हो। त्यसले पनि गठबन्धनको कसैले विरोध गरेको छैन। गठबन्धन जरुरी रहेको भनेर पास गरेको छ,’ यति मात्र होइन पार्टी सभापति भनेर मलाई सम्पूर्ण अधिकार पनि दिइएको छ। अहिले आएर पार्टीभित्र विरोध हुनु दुःखपूर्ण कुरा भएको छ।’

केपी ओली सरकारको पालामा आतंक र डरत्रास रहेको अहिले त्यस्तो नभएको दाबी उनले गरेका छन्। आफूहरुले पनि एक्लै जाने रहर गर्दा विगतमा कांग्रेस हारेको र माओवादी केन्द्रले पनि एमालेसँग मिल्दा दुःख पाएको उनले बताए । हिजोका घटनाबाट मुक्ति चाहने पार्टी एक ठाउँमा उभिएको र गठबन्धन बनेको उनको भनाइ थियो।

प्रधानमन्त्रीले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताए । प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती नभएको भन्दै उनले अनावश्यक वखेडा नगर्न कार्यकर्तालाई आग्रह गरे । उनले भने,‘हामी सबैले तपाईंको छोरी नउठानुस् भनेको भए त्यो पनि मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ भनेर मैले भनेको हो ।’

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार १२:२५

Leave a Reply