No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यस्ता छन् सूर्यविनायकमा एमालेको उपमेयरका उम्मेदवारको चुनावी एजेण्डा

0

काठमाडौं । सहकारी अभियानको नेतृत्व गरेकी सरिता भट्टराई भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी छिन् । सहकारी क्षेत्रमा काम गर्दै आइरहेकी भट्टराईले सर्वसाधारणका सबै खालका आवश्यकतालाई नजिकबाट बुझेकी छन् । त्यसैले पनि राजनीतिममा होमिएको उनी बताउँछिन् । एकजना जनप्रतिनिधिले एउटा समुदायमा कृषि, शिक्षा, अस्पताल, भौतिक पूर्वाधारदेखि लिएर प्रविधिका कुराहरु सबै थाहापाउनुपर्ने भएकाले यो गर्न सक्ने उनको विश्वास छ ।

संविधानले दिएको जिम्मेवारी अन्तर्गत न्यायिक समितिको प्रमुख रहेर काम गर्ने, बजेटलगायतका योजनामा जनताको पहुँच हुने, अनुगमन गर्ने, मेयरको अनुपस्थितिमा गर्नुपर्ने कामहरुका साथसाथै स्थानीय तहका लागि गर्नुपर्ने सबै किसिमका कामहरु गर्न आफू सक्षम रहेकाले उपमेयरमा उम्मेदवारी दिएको उनको भनाई छ । एउटा मेयर वा उपमेयरले मात्रै देश नै बनाउने भन्ने हुँदैन । जनताको भावना अनुसार काम गर्ने, ढल व्यवस्थापन, बाटोलगायतका पूर्वाधार निर्माणलाई स्थानीय तहले प्रमुख प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ । अहिलेको एउटा प्रमुख समस्या राजनीतिमा युवाको प्रयोग हो । युवालाई सदुपयोग गनुपर्छ भन्ने मान्यता उनको रहेको छ ।

उपमेयरमा विजयी भएमा स–साना भएपनि रोजगारी सृजना गर्ने र नगरका जनताको संलग्नतामा परियोजना बनाउने उनको योजना छ । साथै युवावर्गमा प्रविधिमा जोड दिने योजना उनको रहेको छ । पालिकालाई नै इ–पालिका बनाउने सोच उनको छ । नगरको कुनै युवाले कम्पनी दर्ता तथा अन्य सिफारिस जस्ता सेवा एउटा मोबाईलबाटै लिन सक्ने व्यवस्था मिलाउने उनी बताउँछिन् ।

नगरपालिका भित्रै कतिपय ग्रामिण क्षेत्रमा महिलाहरुले उत्पादन गरेका बस्तु बजारमा पुर्याउन समस्या भएकाले त्यसका लागि यातायातको पहुँच पुर्याउने उनको योजना छ । त्यस्तै उपत्याको फोहोर सकेसम्म आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने व्यवस्था मिलाउने योजना उनले बनाएकी छन् । सड्ने फोहर घरमा नै व्यवस्थापन गर्ने र पुनःप्रयोग गर्न मिल्ले फोहोरलाई बाहिर पठाउने व्यवस्था मिलाउने योजना रहेको उनी बताउँछिन् । त्यस्तै, सुन्दर सहर समृद्ध नगरपालिका बनाउने योजनाअन्तर्गत प्रत्येक घरमा एउटा रोख रोप्ने अभिया, सेमी अर्बान सिटी बनाउने, नगरपालिकालाई एग्रो टुरिजम नगरको रुपमा विकास गर्ने उनको योजना छ ।

अध्ययनः स्नातक अर्थशास्त्र , सहकारी विषयमा भारतवाट डिप्लोमा कोर्ष पुरा साथै युरोप जापान कोरिया थाईल्यान्ड क्यानाडा लगायत विभिन्न देस विदेस वाट लामो छोटो अवधिको विभिन्न विषयको तालिम प्राप्त ।

पार्टीतर्फ सहभागिता
नेकपा एमाले पार्टी सदस्य
सदस्यता लिएको मितिः २०६४ साल
सदस्यता लिएको जिल्लाः भक्तपुर
पार्टीको जिम्मेवारीः वालकोट वडा कमिटी अध्यक्ष , वुद्धीजिवी परिषद भक्तपुर जिल्ला कमिटी सदस्य , अखिल नेपाल किसान महासंघ , उपत्यका सहकारी विभाग सदस्य , निवर्तमान केन्द्रीय सहकारी विभाग सदस्य, वर्तमान जिम्मेवारी भक्तपुर जिल्लाकमिटी सदस्य ।

सहकारी तर्फ जिम्मेवारी :
संचालक – राष्ट्रिय सहकारी वैंक लि (२०६५ सालदेखि हालसम्म)
संस्थापक अध्यक्ष, हाल सल्लाहकार – महिला अभियान वचत तथा ऋण सहकारी संस्था लि वालकोट , भक्तपुर
सल्लाहकारः जिल्ला कृषि सहकारी संघ लि , भक्तपुर , महिला प्रयास साकोस , मेची वहुउद्देश्यीय सहकारी दमक झापा

 

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार १७:२०

Leave a Reply