No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

केपी ओलीजी गठबन्धनसँग आत्तिनुभयोः वर्षमान पुन

0

रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको आरोप लगाएका छन् । रोल्पाको गंगादेवमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले ओली राजावादी, परिवर्तनविरोधी र दक्षिणपन्थी भएको आरोप लगाए।

मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेकाले ओली र ओलीको दल एमालेलाई जनताले निर्वाचनमार्फत दण्डित गर्ने उनको भनाइ थियो । उनलेस्थानीय तह निर्वाचनलाई संविधान च्याग्ने र बचाउनेबीचको जनमत संग्रहको संज्ञा दिए।

उनले भने,‘केपी ओलीजी आज राजावादी, पश्चगामी र प्रतिगामी शक्तिसँग हातेमालो गर्ने ठाउँमा पुग्नुभएको छ । आफ्नै कर्मले संघमा र प्रदेशमा सरकार छैन। थानीय तहमा पराजित हुँदै हुनुहुन्छ, उहाँको दक्षिणपन्थी सोचका कारणले।’ पुनले निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने भन्दै त्यसले मात्र संविधान र लोकतन्त्रको रक्षा तथा हजारौं शहीदहरुको बलिदानबाट स्थापित वर्तमान व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरे। ओलीले पाँच दलीय गठबनन्धनलाई पाँच केजीको ढक र आफू एक्लै एक क्विन्टल भएको सार्वजनिक दाबी गरे पनि उनकै व्यवहारको त्यो खण्डित भइसकेको बताए ।

अन्तर्यमा ओली कमजोर भएको त्यस्तो अभिव्यक्ति दिएको आफूहरुले बुझेको भए पनि कमल थापा, परिवार दल र काँग्रेसले पार्टीबाट निकालेका गोविन्दराज जोशीसँग चुनावी गठबन्धन गरेपछि जनताले समेत उनी गलिसकेको कुरा बुझ्ने मौका पाएको पुनले बताए । उनले भने, ‘उहाँ पाँच दलसँग एक्लै लड्छु भनेर हुँकार गर्ने व्यक्तिले राजावादीसँग गठबन्धन गर्नुभएको छ । कसैले नामै नसुनेको, संविधानले चिन्दै नचिनेको परिवार दललाई लिएर गठबन्धन गर्नुभएको छ । काँग्रेस पार्टीले कारबाही गरेको तनहुँतिरका एक जना नेतालाई एउटा दल मानेर गठबन्धन गर्दै हुनुहुन्छ । उहाँ क्विन्टलको कुरा गर्दै हुनुहुन्थ्यो, अहिले एक÷एक ग्राम खोज्दै हुनुहुन्छ र एक किलो पुर्याउनका लागि कोसिस गर्दै हुनुहुन्छ।’

पाँच दलीय गठबन्धन सुदृढ र मजबुत बन्दै गएपछि ओली पराजित मानसिकतामा पुगेको दाबी उनले गरे।

 

प्रकाशित: २४ बैशाख २०७९, शनिबार ०६:०२

Leave a Reply