No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संविधान जोगाउन गठबन्धनः रामचन्द्र पौडेल

0

दमौली । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।

नेपाली काँंग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।  पौडेलले पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै आफूले अलोकतान्त्रिकलाई लोकतान्त्रिक बनाएर शान्तिको बाटोमा ल्याएको भन्नुभएको स्मरण गर्दै त्यतिबेलादेखि नै कांग्रेसको माओवादीसँग गठबन्धन सुरु भएको बताए ।

समाजसेवी र जनताको घरघरमा पुग्ने व्यक्तिले चुनाव जित्ने गरी वातारवण सिर्जना गरेर राष्ट्र बचाउनुपर्ने आजको मुख्य मुद्दा बनेको उनले बताए । उनले गठबन्धनका उम्मेदवारलाई मत दिएर लोकतन्त्रको रक्षा गर्न पनि मतदातालाई आग्रह गरे ।

प्रकाशित: २४ बैशाख २०७९, शनिबार ११:५७

Leave a Reply