No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दुई वर्षको चलचित्र पत्रकारिता पुरस्कार यसवर्ष प्रदान गरिने

0

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा २३ औं वार्षिक उत्सव मनाउने भएको छ । संघले जारी गरेको विज्ञप्ती अनुसार जेठ ७ गते शुभकामना आदानप्रदान गरि दिवस मनाउने तयारी गरेको हो ।

यस्तै संघले सोही अवसरमा प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अर्को मितिमा मात्र गर्ने जनाएको छ । संघको शनिबार बसेको बैठकले कोरोना प्रभावका कारण २०७७ र २०७८ सालमा वितरण गर्न नसकेको सम्मान तथा पुरस्कार वितरण पनि यसैवर्ष गर्ने जनाएको छ ।

यसरी चलिचत्र पत्रकार संघ नेपालले तीन वर्षको पुरस्कार तथा सम्मान एकैपटक गर्न लागेको हो । चलचित्र पत्रकारिता सम्मान पुरस्कार २०७७–शान्तिप्रिय र राजन घिमिरेले, चलचित्र पत्रकारिता पुरस्कार २०७७ दिवाकर मैनाली र आर. डि. शृंखला तथा चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–रीना मोक्तानले प्राप्त गर्ने भएका छन् ।

यसैगरि चलचित्र पत्रकारिता सम्मान २०७८ – सुब्रतराज आचार्य र सन्दीप सापकोटालाई, चलचित्र पत्रकारिता पुरस्कार २०७८ –कुमार आचार्य र गीता अधिकारीलाई, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८ – मनोज न्यौपानेलाई र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८ – रेम बिक (कास्की) लाई प्रदान गर्नेपनि संघको निर्णय रहेको छ ।

यस्तै संघले चलचित्र पत्रकारिता सम्मान २०७९ अन्तर्गत राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार २०७९ नेमिष गौतम र बिष्णु सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ उद्दब रसाइली र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ श्री राम अर्जुन (मकवानपुर)लाई प्रदान गर्ने निर्णय गरेको पनि जानकारी गराएको छ । संघले २०७८ देखि उपत्यका बाहिरका चलचित्र पत्रकारलाई समेत समेट्दै मोफसल चलचित्र पत्रकारिता पुरस्कारको व्यवस्था गर्न सुरुगरेको संघका महासचिव समीर बलामीले जानकारी दिए ।

प्रकाशित: २४ बैशाख २०७९, शनिबार १२:१५

Leave a Reply