No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

२६ औं पटक सगरमाथा आरोहण गरी कामी रिता शेर्पाले राखे नयाँ कीर्तिमान

0

काठमाडौं । कामी रिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । शेर्पा अन्य १० जना आरोहीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका सेभेन समिटले जनाएको छ ।

उनीसँगै सोना शेर्पा, निग्मा तासी शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार सगरमाथा चुचुरोमा पुगेका छन् । सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ ।

प्रकाशित: २४ बैशाख २०७९, शनिबार १४:२६

Leave a Reply