No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ट्याक्टर र मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

0

राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेका प्रहरीले जनाएको छ । सोही ठाउँको (केराबारी)मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी उमेश साहले जानकारी दिए

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए ।

रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना हुँदा उनको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित: २५ बैशाख २०७९, आईतवार ०४:१९

Leave a Reply