No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली सेनाको अधिकृत क्याडेटमा छनोट भएका १६५ जनालाई डिक्यानले दियो बधाई

0

काठमाण्डाै  । नेपाली सेनाले २०७७ साल माघ २२ गते प्रकाशित गरेकाे अधिकृत क्याडेटकाे विज्ञापनमा छनाैट हुन सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान कार्यक्रम आयाेजना गरेकाे छ । डिक्यानमा प्रशिक्षण लिई सर्वाेत्कृष्ट नतिजा सहित नाम निकाल्न सफल विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेकाे हाे । बधाई तथा शुभकामना कार्यक्रममा सुरक्षा निकायका अवकाश प्राप्त विशिष्ट व्यक्तित्वहरूका साथै सफल विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।

नेपाली सेनाकाे भर्ना छनाैट निर्देशनालयले २०० जना अधिकृत क्याडेटकाे लागि दरखास्त आह्वान गरेकाे थियाे । जसमध्ये खुला तर्फ र समावेशी तर्फ गरि अन्तिम चरणसम्ममा जम्मा १६५ उम्मेद्वारहरू छनाैट हुन सफल भएका छन् ।

उत्कृष्ट स्थानमा नाम निकाल्न सफल प्रबिन पाण्डेले कार्यक्रममा बाेल्दै भने, डिक्यानमा एक वर्षसम्म लिएकाे प्रशिक्षणले र मेराे कडा मेहनतले सर्वाेत्कृष्ट नतिजा सहित नाम निकाल्न सफल भएकाे छु, पाण्डे भन्छन् राम्राे मेहनत गर्ने हाे भने असम्भव केहि पनि छैन । नाम निकाल्न सफल अन्य विद्यार्थीहरूले पनि आफ्नाे आफ्नाे अनुभव सुनाउँदै रहर मात्रैले भन्दा पनि निरन्तरकाे मेहनत नै आवश्यकता रहेकाे कुरा बताएका थिए ।

सराेज राइकाे सानैबाट नेपाली सेनामा प्रवेश गरि राष्ट्र सेवा गर्ने साेच रहेकाे थियाे । १२ कक्षा पास हुने वित्तिकै उमेर नपुगेकाे कारणले उनले छनाैटकाे लागि दरखास्त दिन पाएनन् । डिक्यानले दिने प्रशिक्षणमा १ वर्ष अगाडिबाटनै भर्ना गरेकाे र पहिलाे पटकमा मेडिकल चरणबाट बाहिरिएकाे बताउँदै पुनः अर्काे पटक कडा मेहनतका साथ तयारी गरेँ र उत्कृष्ट नतिजा सहित ७ नम्बरमा नाम निकाल्न सफल भएकाे छु । विगत दुई बर्षबाट डिक्यानमा निरन्तर रूपमा तयारी गरिरहेकाे बताउँदै डिक्याने आर्थिक हिसावले पनि सहयाेग गरेकाे बताए ।

मेराे सबैभन्दा ठुलाे कमजाेरी अगाडि गएर बाेल्नु थियाे । जब डिक्यानमा प्रशिक्षण लिन थालेँ यहाँ प्रशिक्षण दिने प्रशिक्षकहरू साथै जर्साबहरूकाे गाइडेन्सले म आज यसरी निर्धक्क भएर बाेल्न सकेकि छु । नाम निकाल्न सफल विद्यार्थी रुविना कार्की भन्छिन्, डिक्यान मेराे परिवार भएकाे छ । लकडाउनकाे समयमा विहान देखि रातिसम्म आफुले गरेकाे निरन्तर प्रयासले आज आफु याे स्थान हासिल गर्न सफल भएकाे बताउँछिन ।

कार्यक्रममा बाेल्दै पूर्व राजदुत, पूर्व सहायक रथी तथा डिक्यानका सल्लाहकार भरत बहादुर रायमाझीले राष्ट्र सेवा प्रति उत्प्रेरित भएर सेनाकाे अधिकृतमा प्रवेश गर्ने भाइबहिनिहरूमा याे देशकाे लागि मैले के दिन सक्छु ? भन्ने भावनाकाे विकास अहिलेबाट नै हुन जरूरी भएकाे बताए । सधैँ म गर्न सक्छु, हामी गर्न सक्छाैँ भन्ने सकारात्मक साेच र उर्जाका साथ निरन्तर लाग्नुपर्ने बताए ।

नेपाली सेनाकाे अधिकृत क्याडेटबाट सेवा प्रवेश गरेका र पछि सशस्त्र पहरी बलमा गएर महानिरीक्षकसम्मकाे नेतृत्व लिएका शैलेन्द्र कुमार श्रेष्ठले नेपाली सेनामा अधिकृत स्तरमा सेवा प्रवेश गर्नु आफ्नाे लागि, परिवारकाे लागि र समाजकाे लागि एउटा प्रतिष्ठाकाे कुरा रहेकाे र राष्ट्र सेवाकाे लागि सुनाैलाे अवसर समेत रहेकाे बताए । छनाैट हुन सफल भाइबहिनीहरूले सधैँ कर्तव्य निष्ठ, अनुशासित भइ अब शुरू हुन लागेकाे तीन वर्षकाे तालिमलाई कुशलतापूर्वक सम्पन्न गर्नकाे लागि शुभकामना समेत दिएका छन् ।

कार्यक्रममा बाेल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्र के.सी. ले कुनै पनि युवाहरुलाई क्षमता पहिचान गरि आवश्यक र सहि तवरबाट मार्गदर्शन गर्ने हो भने छोटो समयमा उनीहरुको उज्ज्वल भविष्यको लागि मार्गप्रशस्त गर्न सकिन्छ । साथै युवाहरुलाई जुनसुकै पेशा व्यवसायमा लाग्ने हो भने पनि सल्लाह र सुझाव दिनको लागि डिक्यान सदैव तयार रहेको कुरालाई प्रष्ट पारेका थिए । कार्यक्रममा नेपाली सेनाका पूर्व जर्नेल तथा डिक्यानका सल्लाहकार हेमकर शमशेर जबरा, डिक्यानका सञ्चालक उदयराज ढकाल, छनाैट हुन सफल विद्यार्थीका अभिभावकहरू लगाएत विद्यार्थीहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

संस्थाले पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्राविधिक र अप्राविधिक तर्फका सम्पूर्ण पदहरुको लागि जागिर खान इच्छुक तथा योग्यता पुगेका क्षमतावान युवाहरुलाई शारीरिक अभ्यास, लोक सेवा आयोगद्वारा लिइने लिखित परीक्षा, व्यक्तित्व विकासका साथै अन्तर्वार्ताको लागि प्रशिक्षण दिँदै आएको छ ।

विगतमा सुरक्षा निकायका विभिन्न पदहरु सैनिक अधिकृत, इन्स्पेक्टर, अनुसन्धान अधिकृत, असई, सैन्य, जवान लगायत अन्य पदहरुमा हजारौँको संख्यामा युवाहरुलाई सेवा प्रवेश गराउन सफल भइसकेको छ । पछिल्लो पटक सैनिक स्टाफ कलेज तयारी कक्षा, स्याट, प्रि–स्याट लगायतका व्यवसायिक कोर्ष पनि गराउँदै आएको छ । पिछडिएको क्षेत्र, महिला, मधेसी, जनजाति, दलित साथै आर्थिक रुपमा विपन्न वर्गहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरि वढी भन्दा वढी युवाहरुलाई प्रशिक्षण गराउँदै आइरहेको छ ।

 

प्रकाशित: २५ बैशाख २०७९, आईतवार ०७:१६

Leave a Reply