No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दम्भले केपी ओलीको विनास भयोः माधव नेपाल

0

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दम्भले केपी ओलीको विनास भएको बताएका छन् । आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दम्भका कारण ओलीको विनाश भएको बताएका हुन् । उनले भने,‘दम्भ नराख्नुस् त्यही दम्भले केपी ओलीको विनाश भएको हो ।’

अध्यक्ष नेपालले राजनीति गर्दा दूरदृष्टि राखेर चल्न सक्नुपर्ने बताए । उनले ओलीले नेतृत्व गरेको दक्षिणपन्थी प्रतिगामी गठबन्धनलाई मतदान नगर्न आग्रह समेत गरे । उनले भने, ‘केपी शर्मा ओलीले संविधानको घाँटी थिच्ने काम गरेका थिए । उनको गठबन्धन प्रतिगामी, दक्षिणपन्थी, गणतन्त्र विरोधी हो । उनलाई संविधान,लोकतन्त्रको माया छैन । केपी ओली व्यक्तिवादी व्यक्ति हुन् । आफूबाहेक संसारमा कसैलाई दुई कौडीको पनि महत्व दिँदैनन् । सबैको मर्यादा कुल्चिदैं हिँडछन् । उनले कुसंस्कार बोकेर हिँडेका छन् ।’

उनले गठबन्धन निर्माण गरेर सही काम भएको बताए । उनले मेयरमा कलम चिन्हमा धनराज आचार्य र उपमेयरमा रुख चिन्हका कोपिला राणाभाटलाई विजयी गराउन आग्रह गरे ।

प्रकाशित: २५ बैशाख २०७९, आईतवार ०८:५४

Leave a Reply