No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यो गठबन्धनले हारे राजनीतिक दुर्घटना हुनसक्छ भनेको थिएँ, धम्क्याएको होइनः प्रचण्ड

0

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा र लोकतान्त्रिका गणतन्त्रको रक्षाका निम्ति गठबन्धन बनाएको बताएका छन् ।

पोखरा गठबन्धनको चुनावी सभालाई सम्बधोन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नजन्मिएको भए आज देश दुर्घटनामा जाने खतरा रहेको बताए । प्रचण्डले देशलाई प्रतिगमनबाट बचाउन, फेरि अराजकताको भूमरीबाट बचाउन नै गठबन्धनको जन्म भएको दावी गरे।

उनले भने,‘संविधान र लोकतन्त्रको रक्षा गर्न यो गठबन्धनको जन्म भएको हो । यो गठबन्धन नजन्मिएको भए देश दुर्घटनामा जाने खतरा परिसकेको थियो । राजनीतिक दुर्घटनामा जान्थ्यो । अराजकताको भूमरीमा फस्थ्यो । राजीनीतिक स्थायित्वको सुरुवात यहि गठबन्धनबाट गर्ने संकल्प गरेका छौं ।’ अवसरवादीहरुबाट यो गठबन्धनलाई टुटाउन कोसिस भइरहेको उनले बताए ।

उनले भने,‘हामी गठबन्धनका पक्षधर शक्तिहरु भने धेरै अप्ठेरा सहेर यो गठबन्धनलाई अगाडि बढाउने र भोलि प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धनमा लैजाने र आर्थिक समृद्धिका लागि लैजाने हामीले संकल्प लिएका छौं, तर अवसरवादी भने कसरी टुटाउन सकिन्छ भनेर हेरिरहेका छन्।’ प्रचण्डले चुनावमा अहिलेको गठबन्धन असफल भए देशको राजनीति दुर्घटनामा पर्छ भनेको तर जनतालाई नधम्क्याएको बताए । उनले जनता धम्क्याएको भनेर गलत अर्थ लगाइएको भन्दै आपत्ति जनाए ।

यसअघि शुक्रवार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा प्रचण्डले गठबन्धन पराजित भए देशको राजनीति दुर्घटनामा पर्ने बताएका थिए । उनले भने, ‘यो गठबन्धनले हारे राजनीतिक दुर्घटना हुन सक्छ भनेको थिएँ, जनता धम्क्यायो भनेर गलत अर्थ लगाइएको छ ।’ प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा गर्न गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

प्रकाशित: २५ बैशाख २०७९, आईतवार ०९:०१

Leave a Reply