No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यसरी पुग्यो ‘सफा हिमाल अभियान’को टोली कञ्चनजंघाको शिखरमा

0

काठमाडौं । नेपाली सेनाको अगुवाईमा सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान २०२२’ को टोली कञ्चनजंघा हिमाल(८५८६ मिटर) आरोहण गर्न सफल भएको छ ।

‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाइको क्रममा कञ्चनजंघा, सगरमाथा र ल्होत्से हिमाल नेपाली सेनाका सदस्यहरुले आरोहण गर्ने योजना अनुरुप मिति वैशाख २३ गते चौथो क्याम्पबाट प्रस्थान भएको टोलीले वैशाख २४ गते कञ्चनजंघा हिमाल आरोहण गर्न सफल भएको नेपाली सेनाले जनाएको छ ।

उक्त आरोहण टोलीमा नेपाली सेनाका सह.सेनानी राजु श्रेष्ठ र सिपाही अमित थापा तथा शेर्पा सहयोगीहरुको तर्फबाट छिरिङ जाङवु शेर्पा, ङिमा छिरिङ शेर्पा, छेवाङ्ग शेर्पा र फुर्वा शेर्पा रहेका छन् ।

प्रकाशित: २५ बैशाख २०७९, आईतवार १२:००

Leave a Reply