No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

श्रीलङ्कामा भएको हिंसात्मक भिडन्तमा एक सांसदको मृत्यु, १३९ घाइते

0

श्रीलङ्कामा भएको हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका र घाइतेमध्ये एक जनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

सांसद्ले “त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,” एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन् । कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन् ।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार १६:४३

Leave a Reply