No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला

0

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरीको निधन भएको छ । उनी आफु बस्ने कोठामा मंगलबार मृत फेला परेकी हुन् । प्रहरीले प्रारम्भिक अवस्था हेर्दा आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

नेपालमा २०१९ मा भएको सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाकी खेलाडी आरएमएनएस राजपाक्ष्यालाईलाई हराउँदै उनले स्वर्ण जित्न जितेकी थिइन् । सागमा भारत्तोलनमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन् । नेपालगञ्ज घर भएपनि हाल प्रशिक्षणका क्रममा केही दिनदेखि ललितपुरको लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

भारत्तोलनमा राम्रो सम्भावना बोकेकी सन्जुको अचानक निधनले नेपाली खेलकुद क्षेत्र नै स्तब्ध भएको छ । अघिल्लो दिनसम्म सामान्य अवस्थामा रहेकी सन्जु बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनको मृत्युको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार ०४:५१

Leave a Reply