No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यो चुनावी युद्धमा गल्ती गरेको भए माफ पाउँः केशव स्थापित

0

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिका मेयर पदका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएपछि एकवर्ष भित्रमा काठमामाडौंको फोहोर मैलाको व्यवस्थापन गर्ने बताएका छन् ।

\काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै स्थापितले आफू निर्वाचित भएर आए फोहोरमैलाको समस्या समाधान हुने बताएका हुन्। उनले फोहोर व्यवस्थापनमा कांग्रेसले राजनीति गर्न नपाउने पनि बताए।

उनले भने,‘एक वर्षमा काठमाडौंको फोहोर मैला तह लाग्छ । यो कुराको केही दिनमै महशुस हुन्छ । विहान बेलुकै फोहोर उठाउने काम हुन्छ । फोहरमैलामा अब काँग्रेसले राजनीति गर्न पाउँदैन ।’ उनले काठमाडौंमा आफ्नो प्रतिस्पर्धी नभएको समेत बताए । उनले भने, ‘मलाई काठमाडौंमा मेरो प्रतिस्पर्धी छ जस्तो नै लागेको छैन । तर, षड्यन्त्र हुन सक्छ। तपाईंहरु सबैले चिर्नु होला।’ उनले चुनावी मुद्दामा आफ्नो वाणीले केही कसैलाई दुःख पीडा भए क्षमा मागेका छन् ।

‘माफ पाउँ केही गल्ती गरेको भए, क्षमा पाउँ । यो चुनावी युद्धमा, युद्ध नै हो भने हतियार प्रयोग गरिन्छ । मिसाइल प्रयोग हुन्छ ।मैले नाचेँ होला, गाएँ होला र तिक्त भाषा बोले होला ।’ उनले आफूमाथि आक्रमण भएको बेला छेकेको मात्र भएको बताए । उनले भने,’केही महिला वृन्दहरूलाई यो मान्छे कठोर छ कि भन्ने लागेको छ भने यो मान्छे फूलजस्तो हो । सेवा गर्न पाउँ । माफ पाउँ मैले केही गल्ती गरेको भए ।’

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार ११:१८

Leave a Reply