No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

धनगढीका लागि उडेको श्रीएयरको जहाजको इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण

0

काठमाडौँ । इन्जिनमा समस्या देखिएपछि काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ । विमानको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जनाएका छन् ।

उनकाअनुसार मध्यान्ह १२ बजेर ८ मिनेटमा काठमाडौंमा उक्त विमानलाई अवतरण गराइएको हो । विमानमा ८० जना यात्रु रहेका र सबै सकुशल रहेको एयरलाइन्सले जानकारी दिएको छ ।

प्रकाशित: २८ बैशाख २०७९, बुधबार ०७:१२

Leave a Reply