No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजदूत शर्माद्वारा भारतका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाण पत्र प्रस्तुत

0

काठमाडौं । भारतका लागि नेपालका राजदूत डा शंकर प्रसाद शर्माले ओहोदाको प्रमाण पत्र बुझाएका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राजदूत शर्माले भारतीय राष्ट्रपति राम नाथ कोविन्दलाई ओहोदाको प्रमाण पत्र बुझाएका हुन् ।

शर्मालाई गत चैत ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेको तीन महिनापछि मात्रै शर्माको एग्रीमो आएको थियो । शर्मा यसअघि अमेरिकाका लागि नेपालीको राजदूत रहिसकेका छन्।

प्रकाशित: २८ बैशाख २०७९, बुधबार ०९:१६

Leave a Reply