No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अगम विकरालको ‘एकान्तमा’

0

काठमाडौं । गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायाङ्कन भएको भिडियोमा प्रतिमा लिम्बू र मनेन्द्र गोर्खाले अभिनय गरेका छन् ।

मेलिना राईको स्वर रहेको गीतमा नुहाङ राईको सङ्गीत र फणिन्द्र राईको ‘एरेञ्ज’ रहेको छ । ‘एकान्तमा तिम्रो यादले सताउँछ उसैगरी’, ‘छुट्यो बाटो, टुट्यो सपना’, ‘कति कति सम्झनामा ती पुराना क्षणहरु’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

म्युजिक भिडियोको निर्देशन पनि सङ्गीतकार राईले नै गर्नुभएको हो । आपसी मतभेदका कारण श्रीमान्ले घर छोडेपछि एक्लिएकी युवतीको विरह भिडियोमा देखाइएको छ । गीतकार विकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।

रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियमा रहेका विकरालले करिब एक दर्जन गीत रेकर्ड गराएका छन् । उनको ‘नसम्झिने वाचासँगै’ गीत लोकप्रिय छ ।

प्रकाशित: २९ बैशाख २०७९, बिहीबार ०५:४०

Leave a Reply