No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बास्तवमा यो नै पाखण्डी स्वभाव वा चरित्र हो

0

जेपी गुप्ता ।
नेपाली सम्भ्रान्त तथा बहुसंख्यक बुद्धिजीविहरूको चरित्र आधारभूत रूपमा पाखण्डी वा साखुल्ले प्रकारको रहेको छ। श्रीलंकामा प्रधानमन्त्री महेन्द्रा राजपाक्षेको पतनपछि नेपाली सम्भ्रान्तहरूको टिप्पणीहरू पढदा यस्तै लागेको छ। यहाँ अचानक राजपाक्षे शासनको पतनमा खुशीयाली देखिएको छ। बिशेषतः यस्ता खुशीयाली प्रकट गर्नेहरूमा नेपालमा एकात्मवादी खस राज्य प्रणालीको सदैब सिदृढीकरण चाहने वर्ग देखिन्छ । नेपालका यी राजपाक्षे सहगोत्रीहरू केही बर्ष अघि राजपाक्षे बिचारका उद्भट प्रशंसक थिए।

बौद्धहरूको भावनात्मक सहयोगमा राजपाक्षेले तामिलहरूको संहार गरेका थिए। ठूलो सैनिक परिचालन गरेर तामिल इलमको मांगलाई ध्वस्त पारेका थिए। यही बेला नेपालमा मधेसी र थोरै आदिबासी–जनजातिहरूको अधिकारवादी आन्दोलन बढेको थियो। यस्ता नेपालीहरू महेन्द्रा राजपाक्षेका झै मधेसीहरूलाई तामिलहरूका झै सोतर् पार्नु पर्छ भन्ने चाहना राखेका थिए। नेपाली सत्तालाई उक्साई रहेका थिए। यो उपेन्द्र यादवले नेपाली टोपी न लाउने गरेको बेला थियो त्यो। मातृका यादबले पनि काठमांडूका भित्ताहरूमा “गर्वका साथ बोलौ, धरतीपुत्र हौं हामी भगौडा होईनौ” भनी लेखेको बेला थियो। यस बेला नेपालका बहुसंख्यक खस–आर्य सत्ताका पक्षपातीहरूका नजरमा राजपाक्षे हिरो भए। यसरी नेपालका एकात्मराज्यवादीहरूका वर्गले राजपाक्षेका प्रसंशा गरे।

संयुक्त राष्ट्र संघको मानव अधिकार आयोगले र स्वतन्त्र बिश्व जनमतले भने महेन्द्रा राजपाक्षेबाट श्रीलंकामा मानवीयता बिरूद्धको अपराध भएको मूल्यांकन गरेको थियो।

मानव अधिकारको गंभीर उलंघनको जेनेभामा भएको मतदानमा नेपालले श्रीलंकाको पक्षमा प्रस्तावको बिरूद्धमा भोट हाल्यो। भारतले पनि राजपाक्षे सत्ताकै पक्षमा मतदान गरेको थियो। नेपालका एकात्मवादी राज्य व्यवस्थाका पृष्ठपोषण गर्ने समाज वा वर्गले कहिल्यै राजपाक्षेको ठिक मूल्यांकन गरेन। नेपालका यही वर्ग र समुदायले अहिले राजपाक्षेलाई सत्ता दुरूपयोग गरिँदा हुने परिणामको उदाहरण बनाएको छ । बास्तवमा यो नै पाखण्डी स्वभाव वा चरित्र हो।

 

प्रकाशित: २९ बैशाख २०७९, बिहीबार ०७:४१

Leave a Reply