उत्तर कोरियामा एकजनामा कोभिड १९ को संक्रमण भेटिएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले दुई वर्षपछि पहिलो पटक एक जनामा संक्रमण पाइएको जानकारी बिहीबार दिएको हो ।
राजधानी प्योङयाङका केही विरामीहरुमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएको हो । यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि जनाइएको छ ।