No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेका कान्छा घले विजयी

0

मनाङं । मनाङको ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । शनिबार सम्पन्न मतगणना अनुसार गाउँपालिकाको अध्यक्ष पदमा एमालेका कान्छा घले विजयी भएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार गाउँपालिकाको अध्यक्षमा घले ८६१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार छिरिङ ओङमा गुरुङ (घले)ले ७१३ मत ल्याइन् ।

उपाध्यक्षमा स्वतन्त्र उमेदवार छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उमेदवार रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याए । स्वतन्त्र उमेदवार गुरुङलाई नेकपा एमालेले सहयोग गरेको थियो ।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार ०७:२९

Leave a Reply