No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौं महानगरमा मतान्तर बढाउँदै बालेन अग्रस्थानमा

0

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता अझ बढाउँदै लगेका छन् । शाहले निकटम प्रतिद्वन्द्वी केशव स्थापितलाई ६७४ मतले पछि पार्दै अग्रता कायमै राखेका छन् । शाहले १७०६ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका स्थापितले १०३२ मत प्राप्त गरेका छन् ।

गठबन्धनका उम्मेदवार नेपालीका कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८६४ मत पाएकी छन् । त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना प्रतिद्वन्द्वी भन्दा करिब तीन दोब्बर मत पछाडि पार्दै अग्रता लिइहेकी छन् । उनले १८४२ मत प्राप्त गरेकी छन् । उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत प्राप्त गरेका छन् ।

प्रकाशित: १ जेष्ठ २०७९, आईतवार ०३:२१

Leave a Reply