No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जाँदैछः पूर्वसभामुख महरा

0

दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जान थालेको बताएका छन् । आइतबार घोराहीस्थित रेडियो मध्यपश्चिमको १६ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महराले स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका लगायत केही पालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेको प्रसंग उल्लेख गर्दै दलहरूलाई बाइपास गर्ने काम हुन थालेको बताएका हुन् ।

उनले अनपेक्षित निर्वाचन परिणाम आउन थालेको पनि बताए । यसले निर्वाचन कताबाट सन्चालन भएको छ भन्ने कुरामा प्रश्न उठाएको समेत बताए ।

प्रकाशित: १ जेष्ठ २०७९, आईतवार ०४:०७

Leave a Reply