No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

0

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन् । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ७ हजार २०१ र आचार्यले ५ हजार १९२ मत पाएका निर्वाचन अधिकृत अमृता भण्डारीले जानकारी दिएकी छन् ।

नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । यस्तै, दक्षिणकाली नगरको उपप्रमुखमा पनि कांग्रेसकै बसन्ती डंगोल तामाङ विजयी भएकी छन्।

उनी पनि यस अघि दक्षिणकाली नगरापलिकाका उप प्रमुख थिइन्। उनले ७ हजार ६२३ मत ल्याइन्। उनका प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले ४ हजार ८३० मत पाएकी छिन्। नगरको ९ वटा वडामा ६ वटा कांग्रेसले जितेको छ। तीन वटामा एमालेले जितेको छ।

प्रकाशित: २ जेष्ठ २०७९, सोमबार ०६:४१

Leave a Reply