काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेको दम्भ र अहंकार अझै केही समय जारी रहने बताएकी छन् ।
मंगलबार सामाजिक संजालमार्फत झाँक्रीले स्थानीय चुनावमा धाँधली भयो भनेर आज फेरि एमालेले संसद अवरुद्ध गर्ने बताइन् ।
उनले भनेकी छन्, ‘यी त्यस्ता प्रवृत्ति हुन्ः जसले स्थानीय चुनावमा धाँधली भयो भनेर आज फेरि संसद अवरूद्ध सुरू गर्ने छन् । मेरा के कमजोरी थिए र जनताले भोट हालेनन् ? हामीविरूद्ध कसरी मोर्चाबन्दी भयो ? एकता गरेको पार्टी किन चार टुक्रा भयो ? भन्ने समीक्षा गर्ने छैनन् । दम्भ र अहंकार अझै केही समय जारी रहनेछ ।’