No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भरतपुरमा रेनुको अग्रता

0

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार चार सय ३९ मतसहित अग्रतालाई कायम राखेकी छन् । १९ हजार १८३ मतगणना हुँदा दाहाल एक सय ६७ मतले अघि छिन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ६ हजार २७२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार एक सय ३९ मत ल्याएका छन् । यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले सात हजार आठ सय ४९ मतसहित अग्रता लिइरहेका छन् भने उनलाई राप्रपाकी उम्मेदवार हिमला गुरुङले पाँच हजार एक सय ५२ मतसहित पछ्याइरहेकी छन् ।

प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार १०:२०

Leave a Reply